बुटवल । पाल्पाको बगनासकाली गाउँपालिका–४, खानीछापको मलेङ् बेलडाँडामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार गएराति लु १ ज १७२४ नम्बरको जिप तानसेनबाट चापपानी खहरेखोला हुँदै खानीछाप जाने क्रममा दुर्घटना भएको र कालीगण्डकी गाउँपालिका–३ वैघाकी १७ वर्षीया एलिजा सारुको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि तानसेनस्थित अस्पतालमा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ बैशाख २०८२, ०९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कालीकोटको पलाँतामा ट्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते
दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
मकवानपुरमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते
मकवानपुरमा बस दुर्घटना हुँदा १६ जना घाइते, चालक पक्राउ
स्काभेटर दुर्घटना हुँदा २ जनाको मृत्यु