माछा मार्दै गर्दा चट्याङ लागेर किशोरको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १५ भदौ २०८१, ०८ : ३९
माछा मार्दै गर्दा चट्याङ लागेर किशोरको मृत्यु

सुनसरी ।  सुनसरीको कोसी गाउँपालिका–४ मा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा १८ वर्षीय अक्रम मियाँ रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।  

बिहीबार माछा मार्न गएका बेला हावाहुरीसँगै आएको चट्याङ लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुक्रबार मृत्यु भएको स्थानीय तजमुल मियाँले जानकारी दिए।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको छ। 

चट्याङ लागेर अर्का स्थानीय हदिस मियाँ घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस