माछा मारिरहेका २ जनालाई लाग्यो चट्याङ

सफल खबर संवाददाता

शुक्रबार, १४ भदौ २०८१, ०९ : १९
माछा मारिरहेका २ जनालाई लाग्यो चट्याङ

सुनसरी । सुनसरीको कोसी गाउँपालिका–४ मा बिहीबार साँझ चट्याङ लागेर दुईजना घाइते भएका छन्।

स्थानीय ५० वर्षीय हदिस मियाँ  र १८ वर्षीय अक्रम मियाँ चट्याङ लागेर घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। 

स्थानीय खोलामा माछा मार्ने क्रममा हुरीबताससँगै परेको चट्याङबाट उनीहरू घाइते भएका हुन्। घाइतेमध्ये अक्रमको अवस्था गम्भीर छ। घाइते दुवैको स्थानीय असपतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस