सल्यान । सल्यानको कालीमाटी गाउँपालिमा चट्याङ लाग्दा एकजना शिक्षकको मृत्यु भएको छ।
कालीमाटी गाउँपालिका-१ लक्ष्मीपुर सातलखोला निवासी ५६ वर्षीय दलबहादुर कार्कीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
कार्की कालीदेवी प्राथमिक विद्यालय सातलखोलाका प्रधानाध्यापक हुन्। प्रहरीका अनुसार सोमबार साँझ चट्याङ लागेर कार्कीको मुत्यु भएको हो।
घर नजिकै रहेको गाई गोठमा जाँदै गर्दा उनलाई चट्याङ लागेको प्रहरीले जनाएको छ। चट्याङ लागेर गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि राति सल्यान जिल्ला अस्पताल लगिएको थियो। अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेसमबहादुर खत्रीले जानकारी दिए।
कार्कीको शवलाई पोस्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ भदौ २०८१, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशका विभिन्न स्थानमा चट्याङ लागेर तीन जनाको मृत्यु
चट्याङ लागेर युवकको मृत्यु
बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु
भारतको छत्तीसगढमा चट्याङ लागेर सात जनाको मृत्यु
माडीमा चट्याङ लागेर महिलाको मृत्यु
माछा मार्दै गर्दा चट्याङ लागेर किशोरको मृत्यु