कालीकोट । कालीकोटमा चट्याङ लागेर १४ भेडा मरेका छन्। जिल्लाको खाँडाचक्र नगरपालिका–६ चुलीको लेकमा रहेको भेडीगोठमा चट्याङ पर्दा आज १४ भेडा मरेका हुन्।
खाँडाचक्र नगरपालिका–६ का स्थानीय लङ्क शाही र खम्म शाहीका १४ वटा भेडा मरेका र २० वटा भेडा घाइते भएका जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख अर्जुन केसीले बताए।
‘प्रारम्भिक रिपोर्टअनुसार १४ भेडा मरेको छन्’, उनले भने, ‘स्थानीय १७ वर्षीय निराजन शाही सामान्य घाइते भएका छन्।’
वर्षाको समयमा लेकमा चरन हुने भएकाले कालीकोटका पशुपालक किसानले लेक तथा पाटन क्षेत्रमा चरीचरनका लागि भेडाब्राखा, घोडा, भैँसी लैजाने गर्दछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ साउन २०८१, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चट्याङ लागेर एकै परिवारका चार जना घाइते
चट्याङ लागेर दुई महिला गम्भीर घाइते
बिहारका धेरै जिल्लामा आँधीबेहरी र चट्याङका कारण २५ जनाको मृत्यु
चट्याङ लागेर दुई महिला गम्भीर घाइते
चट्याङबाट दुई जनाको मृत्यु
डोटीमा चट्याङले एकजनाको मृत्यु, सात घाइते