बिहारमा चट्याङ लगेर २१ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २९ असार २०८१, १२ : ११
बिहारमा चट्याङ लगेर २१ जनाको मृत्यु

बिहार । भारतको बिहारका धेरै जिल्लामा भारी वर्षा भइरहेको छ । चट्याङका कारण पछिल्लो २४ घण्टामा राज्यका १२ जिल्लामा २१ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् ।

राज्यका धेरै खोला तथा नदीमा बाढी आएको छ । भागलपुरको गंगा र कोशीबाट कटान भइरहेको छ। धेरै घर डुबानमा परेका छन् । कतिपय मानिस घर छाड्न बाध्य भएका छन् ।

उता, उत्तर प्रदेशमा भने नेपालसँग सीमा जोडिएका जिल्लामा बाढीको अवस्था छ । पिलिभीत, लखिमपुर खेरी, बहराइच, श्रावस्ती, बलरामपुर, सिद्धार्थनगर, महाराजगन्जका करिब ८०० गाउँ लगातार तेस्रो दिन पनि बाढीको चपेटामा परेका छन् ।

शाहजहांपुरमा दिल्ली-लखनउ राजमार्ग लगातार दोस्रो दिन पनि बन्द छ। बलरामपुरको प्राथमिक विद्यालयमा ३ फिटसम्म पानी भरिएको छ ।यूपी–बिहार बाहेक देशभर भारी वर्षा भइरहेको छ ।

मौसम विभागले मध्य प्रदेश, उत्तर प्रदेश, छत्तीसगढ, पञ्जाब, हरियाणा, जम्मू, उत्तराखण्ड र हिमाचल प्रदेशमा भारी वर्षाको चेतावनी जारी गरेको छ।विभागले मुम्बईमा वर्षाको चेतावनी जारी गरेको छ। जसका कारण सडक, रेल र हवाई यातायात सेवा प्रभावित हुन सक्नेछ । शुक्रबार राति र शनिबार बिहान दिल्लीका केही क्षेत्रमा भारी वर्षा भएको थियो। आज पनि यहाँ पानी पर्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस