रौतहटमा चट्याङ लागेर एक महिलाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, २७ असार २०८१, १४ : ५४
रौतहटमा चट्याङ लागेर एक महिलाको मृत्यु

रौतहट । रौतहटको मौलापुर नगरपालिकामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बिहीबार चट्याङ लागेर मौलापुर– ८ सोनरनियाकी ५५ वर्षीय धरोहरी देवीको मृत्यु भएको हो ।

खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिइन् ।मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर लागिएको डीएसपी गिरीले बताइन् । 

प्रतिक्रिया दिनुहोस