चट्याङ लागेर एक पुरुषको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ११ असार २०८१, ०९ : ५०
चट्याङ लागेर एक पुरुषको मृत्यु

झापा । झापामा चट्याङ लागेर एक जनाकाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा कमल गाउँपालिका वार्ड नं २ का ४६ वर्षीय राजन खड्का रहेका छन्।

मंगलबार बिहान ७ बजे घरबाट खेततर्फ जाने क्रममा खड्कालाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ।

गम्भीर घाइते भएका खड्कालाई दमकको आम्दा अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस