एजेन्सी । अमेरिकाका मध्य क्षेत्रहरूमा घुम्रपात र आँधीका कारण कम्तीमा १५ जनाको ज्यान गएको छ भने घरहरू ध्वस्त भएका छन् र लाखौँ जनता बिजुलीविहीन बनेका छन्।
उत्तरी टेक्सासमा सात, अर्कान्सासमा पाँच, ओक्लाहोमामा दुई र केन्टकीमा एक जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका हुन् । ठुलो सङ्ख्यामा मानिसहरू घाइते भएको र आइतबार विभिन्न राज्यहरूमा लगभग ५ लाख मानिस बिजुली बिना थिए।
टेक्सासको कुक काउन्टीका शेरिफ रे स्यापिङटनले त्यहाँ मृत्यु हुनेमा २ र ५ वर्षका दुई बालबालिका र एउटै परिवारका तीन सदस्य रहेको बताए । ‘त्यहाँ भग्नावशेष मात्र बाँकी छ,’ भ्याली भ्यू क्षेत्रका शेरिफले भने, ‘यो शक्तिशाली घुम्रपातले सबैभन्दा बढी प्रभावित भएको क्षेत्रमध्ये एक थियो। विनाश धेरै गम्भीर छ।’
काउन्टीबाट प्राप्त फुटेजले पेट्रोल स्टेसन र रेस्ट स्टप लगभग पूर्ण रूपमा ध्वस्त भएको देखाएको छ । यता ट्विस्टरहरूले ट्रकहरू पल्टाएपछि डलास नजिकैको राजमार्ग बन्द भएको छ । यस क्षेत्रमा पनि हजारौँ मानिसहरूलाई बिजुलीविहीन छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १४ जेठ २०८१, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधीजन्य हुरीको , १८ जनाको मृत्यु
चक्रवाती आँधी फेङ्गल आज तमिलनाडु-पुडुचेरीको तटमा आइपुग्ने
भारतमा चक्रवाती आँधी : ३०० उडान र ५५० भन्दा बढी रेल रद्द
भारतमा ‘दाना’ आँधीको आतंक
अमेरिकामा मिल्टन आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो
फ्लोरिडा आइपुग्यो मिल्टन आँधी, १० लाख मानिसलाई सुरक्षित स्थानमा जान चेतावनी