सुर्खेत । कर्णालीका हिमाली जिल्लामा औलो रोगको प्रभाव देखिन थालेको छ । विश्व औलो दिवसका अवसरमा स्वास्थ्य सेवा निर्देशनालय कर्णालीले सुर्खेतमा गरेको अन्तर्क्रियामा विगतमा तराईमा मात्रै देखिने औलो रोग अहिले हिमालसम्म पुगेको तथ्यांक सार्वजनिक गरेको हो ।
औलो रोगको अवस्थासम्बन्धी पाँच वर्षयताको तथ्यांक सार्वजनिक गर्दै निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत श्यामलाल आचार्यले हुम्लाको ताजाकोट गाउँपालिका–२, ३ र ४ तथा कालीकोटको खाँडाचक्र नगरपालिका–२ औलो रोगको उच्च जोखिममा रहेको बताए ।
उनका अनुसार हुम्लाको ताजाकोट १, चङ्खेलीको २, अदानचुली गाउँपालिकाको २ र ३, मुगु सोरु गाउँपालिकाको ४, ५, खत्याडको १, वीरेन्द्रनगर नगरपालिका–७ सहित ९ वडा मध्यम जोखिमका रहेका छन् ।
उनका अनुसार सुर्खेतमा २०, दैलेखमा ३ र कालिकोटमा १ गरी हाल कर्णालीमा २४ जना औलोका बिरामी छन् । उनीहरू सबैको निःशुल्क उपचार भइरहेको छ ।सडक यातायातका साथै जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै जाँदा हिमाली क्षेत्रमा लामखुट्टे देखिन थालेपछि रोग फैलिन थालेको हो ।
विभिन्न माध्यमबाट लामखुट्टे हिमाली क्षेत्रमा पुगेर त्यहाँको फोहर, खाल्डाखुल्डीमा वृद्धि हुन थालेको जनाइएको छ । जोखिम बढेपछि माइक्रोस्कोपी र आरडीटी विधिबाट औलो परीक्षण र उपचारका कार्य भइरहेको आचार्यले बताए ।
स्वास्थ्य सेवा निर्देशनालय कर्णालीका निमित्त निर्देशक डा. रविन खड्काले औलो रणनीतिक योजना सन् २०१४–२०२५ अनुसार नेपाललाई सन् २०२५ सम्ममा औलोमुक्त राष्ट्र बनाउने सरकारको लक्ष्य रहेको बताए ।
सोही लक्ष्यअनुसार कर्णालीमा पनि तीव्ररूपमा नियन्त्रणको कार्यक्रम भइरहेकोे बताउँदै उनले औलो परीक्षण गरिएका व्यक्तिहरूलाई झुल वितरण, बिरामी व्यक्ति तथा नजिकका छिमेकीमाथि औलो परीक्षण तथा निगरानी भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १३ बैशाख २०८१, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले कर्णालीप्रति गर्ने उपेक्षालाई चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेश सभामा रिक्त संसदीय समितिले पायो पूर्णता
कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्य सचिवको जिम्मा उपाध्यायलाई
भूकम्पबाट क्षति विद्यालय प्रदेश सरकारले पुनः निर्माण गर्ने
कर्णाली प्रदेश सभा बैठक आह्वान
उपनिर्वाचन : कर्णालीका ८ स्थानीय तहमा मतदान जारी