काठमाडौँ । रास्वपाबाट इलाम २ को उपनिर्वाचनमा उम्मेदवार बनेका मिलन लिम्बुले शनिबार एक बजेभित्र मनोनयन दर्ता गराउने भएका छन् ।
मनोनयन दर्तासम्बन्धी कार्यतालिका सार्वजनिक गर्दै उनले बिहान ११ बजेसम्म पार्टी अफिसमा भेला हुने र साढे ११ बजे पार्टी अफिसबाट मनोनयनको लागी र्याली सहित जाने बताए ।
निर्वाचन अधिकृतको कार्यालयमा पुगेपछि १२ बजे देखि १ बजे भित्र मनोनयन दर्ता गराइसक्ने उनको भनाइ छ ।
त्यसपछि २ बजेभित्र पार्टी कार्यालय आईपुग्ने र २ बजे देखि ४ बजे सम्म उम्मेदवा सँग भलाकुसारी तथा भेटघाट कार्यक्रम राखिएको छ ।
यस्तै ४ बजे देखि पार्टी कार्यालयमा केन्द्रिय नेताहरुद्वारा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ चैत्र २०८०, ०७ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा संसदीय दलको बैठक आज
रास्वपाले बोलायो संसदीय दलको बैठक
रास्वपाले पार्टी स्थापनादेखिकै समिक्षा गर्ने
रास्वपा सचिवालय बैठक बस्दै
रास्वपाका मिलन लिम्बूलगायत १६ जनाको जमानत जफत
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान