काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेका छन् । मंगलबार लेखा समितिको बैठकमा बोल्दै उनले सभापति पोखरेलको राजीनामा मागेका हुन् ।
‘सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षको हुनुपर्छ,’ उनले भनेका छन् । विगतमा समेत सत्तारूढ दलका सांसदले लेखा समिति सभापति नछाडेको विषय उदाहरण नदिन पनि उनले आग्रह गरेका छन् ।
‘हिजो विगतमा के बिग्रेको थियो भनेर त्यही गर्नुपर्छ भन्ने होइन । लेखा समिति सभापति प्रतिपक्षीको हुने विश्वव्यापी मान्यता छ,’ सांसद ढकालले भने । यसअघि नेकपा माओवादी केन्द्रले पनि पटक पटक सभापति पोखरेलको राजीनामा माग गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ माघ २०८१, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जीवी राईलाई अहिलेसम्म किन पक्राउ नगरेको भन्दै सरकारलाई रास्वपाको प्रश्न
रास्वपाद्वारा रेशम चौधरी पक्राउप्रति न्यायिक छानिबन गर्न माग
तोकिएकै समयमा अधिवेशन गर्न रास्वपाको निर्देशन
सरकारले शिक्षकहरूमाथि शक्ति प्रदर्शन गरेको भन्दै रास्वपाले जनायो आपत्ति
रास्वपाले तोक्यो ७ प्रादेशिक इन्चार्ज
रास्वपा सहमहामन्त्री पदबाट सुमना श्रेष्ठको राजीनामा