काठमाडौं । ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट ५३ जना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सोमबार राति छापा हानेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमध्ये दुई जना भारतीय नागरिक रहेको र अरु नेपाली नै रहेको सीआईबी श्रोतले जानकारी दिएको छ ।
उनीहरुको साथबाट ८५ वटा ल्याप्टपका साथै ८२ वटा मोबाइल बरामद भएको थापाले बताए । पक्राउ परेका व्यक्तिहरुले सातदोबाटोमा कल सेन्टर चलाएर अनलाइन जुवा लगायत अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनीहरुलाई आज म्याद थप गरी थप अनुसन्धान गरिने सीआईबीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ पुस २०८१, ०८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७ वटा सहकारीको थप अनुसन्धान गर्न सीआईबीलाई महानगरको पत्र
पाँच महिनामै सीआईबी प्रमुख सरुवा गर्न प्रस्ताव
नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिनामा सीआईबीले दायर गर्यो मुद्दा