काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी माथि हातपात गर्ने आफ्नो सदस्य भए कारबाही गर्ने जनाएको छ ।
बुधबार काठमाडौँ जिल्ला अदालत परिसरभित्र रास्वपा कार्यकर्ताले त्रिपाठी माथि हातपात गरेका थिए । सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा आज थुनछेक बहस भएको थियो ।
त्रिपाठी माथि भएको हातपातको अनुशासन विभागको ध्यानाकर्षण भएको छ र घटनामा रास्वपाको सदस्य संलग्न भएको भेटिएमा कारबाही हुने कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।
‘यस किसिमको व्यवहार कानुनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्याय प्रति विश्वास राख्ने राजनीतिक दलको लागि स्वीकार्य छैन,’ कार्यवाहक प्रवक्ता मनिष झाले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ माघ २०८१, १८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले तोक्यो ७ प्रादेशिक इन्चार्ज
रास्वपा सहमहामन्त्री पदबाट सुमना श्रेष्ठको राजीनामा
रास्वपा केन्द्रीय समिति बैठक बस्दै
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा
महाधिवेशनबारे औपचारिक निर्णय गर्न रास्वपाले बोलायो बैठक
तीनकुनेमा भएको आन्दोलन कुनै हिसाबले राजनीतिक थिएन : सन्तोष परियार