चितवन । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको गठबन्धन सरकारको आयु धेरै नभएको दोहोर्याएका छन् । मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै ओली सरकारको भविष्यवाणी गरेका हुन् ।
प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका प्रचण्डले कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइराला, नेता डा. चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर यो सरकार धेरै दिन नटिक्ने दाबी गरेका हुन् । ‘यो सरकार धेरै जान्छ भन्ने हामीलाई लाग्दैन । मैले प्रस्ट भन्ने गरेको छु । यो प्राकृतिक छैन । स्वाभाविक छैन । पारदर्शी छैन । सरकारले गरेका कामहरू पनि उल्टापाल्टा हुँदै गएका छन् । अध्यादेशसम्म आउँदा लाजमर्दो भएको छ,’ उनले भनेका थिए ।
प्रचण्डले यसोभन्दा कांग्रेस नेता भण्डारी मुसुमुसु हाँस्दै कानेखुसी गरिरहेको भिडियोमा देख्न सकिन्छ । यस्तै नेता कोइरालाले पनि सरकार ढल्न सक्ने सङ्केत गरे । राजनीतिमा सरकार तलमाथि हुनुलाई स्वाभाविक हुने उनको तर्क थियो ।
‘दुई ठुलो दल मिलेर स्टेबल सरकार दिने हाम्रो चाहना थियो । त्यसैले सरकार तलमाथि हुने सम्भावना कम छ । तर नहुने होइन राजनीति हो जे पनि हुन सक्छ’, उनले भने । यस्तै संविधान संशोधनको कुरा पनि सत्ता गठबन्धनले प्रस्ट पार्नुपर्ने बताए । त्यतिकै हचुवाको भरमा संविधान संशोधन नहुने उनको तर्क थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ माघ २०८१, १३ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रले नेतृत्व गरेका पालिका टाढैबाट चिनिने बनाउनुपर्छ : प्रचण्ड
इतिहासको रछ्यानमा मिल्काइएका तत्वले दिवासपना देख्दैछन् : प्रचण्ड
२०८४ सालमा कांग्रेस-एमालेले गठबन्धन गरुन् : प्रचण्ड
सरकारमा हुँदा हामीले जनयुद्धलाई राष्ट्रिय दिवसको मान्यता दियौं : प्रचण्ड
शहीदको बलिदानका कारण राजनीतिक परिवर्तन सम्भव भयो: प्रचण्ड
मलाई काँग्रेस-एमालेले होइन, भ्रष्टाचारी भू-माफियाहरूले प्रधानमन्त्रीबाट हटाएका हुन् : प्रचण्ड