मुम्बई । २०० करोड भारुको सम्पत्ति शुद्धीकरण मुद्दामा दिल्लीको मण्डोली जेलमा रहेका सुकेश चन्द्रशेखरले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई उपहार पठाएका छन् । क्रिसमसको अवसरमा सुकेशले ज्याकलिनको नाममा फ्रेन्च भाइनयार्ड किनेका हुन् ।
यससँगै उनले एउटा चिठ्ठी पनि लेखेका छन् जसमा उनले आफूलाई कुर्नुपर्ने बताएका छन् । हिन्दुस्तान टाइम्सको रिपोर्टका अनुसार सुकेशले चिठ्ठीमा लेखेका छन् ‘तिमीबाट टाढा बस्दा मलाई तिम्रो लागि सान्ता क्लज बन्नबाट रोक्न सकिँदैन ।
मेरो प्रिय, यो वर्ष म तिम्रो लागि विशेष उपहार छ। आज म तिमीलाई वाइनको बोतल मात्र होइन, फ्रान्समा रहेको एउटा भाइनयार्ड पनि उपहार दिन चाहन्छु। जसको बारेमा तिमीले कहिल्यै सोचेको पनि नहुन सक्छ ।
सुकेशले पत्रमा थप लेखेका छन्, ‘तिम्रो हात समातेर त्यो बगैँचामा हिँड्न पाउने सोचेर उत्साहित छु । सारा दुनियाँलाई म पागल लाग्ला तर म तिम्रो मायामा पागल छु। म बाहिर नआउञ्जेल पर्ख। त्यसपछि सारा संसारले हामीलाई सँगै देख्नेछ।
ठग सुकेश चन्द्रशेखर दुई सय करोड भारतीय रुपैयाँको सम्पत्ति शुद्धीकरण मुद्दामा विगत केही वर्षदेखि जेलमा छन् । यस प्रकरणमा अनुसन्धानका क्रममा ज्याकलिन सुकेशसँग सम्बन्धमा रहेको खुलासा भएको थियो, जसका कारण अभिनेत्री पनि अनुसन्धानको घेरामा परेकी थिइन् ।
आफूलाई व्यापारी बताउने सुकेशले ज्याकलिनलाई धेरै महँगो र बहुमूल्य उपहारहरू पनि दिएको थियो। अर्कोतर्फ ज्याकलिनले प्रहरीलाई दिएको बयानमा सुकेश ठग भएको आफूलाई थाहा नभएको बताएकी छन् ।
विगत केही महिनादेखि सुकेश चन्द्रशेखर जेलबाट ज्याकलिनलाई विशेष अवसरमा प्रेमपत्र लेख्दै आएका छन् । ज्याकलिनका वकिलले पनि यी पत्रमाथि प्रतिबन्ध लगाउन माग गरेका थिए । किनभने यसले उनीहरूको छविमा नराम्रो असर परेको छ । आगामी दिनमा ज्याकलिन फर्नान्डिस फतेह, वेलकम टु द जंगल र हाउसफुल ५ सहित ३ वटा ठुला फिल्ममा देखिँदै छिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ पुस २०८१, ११ : ५३
लेखकबाट थप