वासिङ्टन डिसी । हालै राष्ट्रपतिको रूपमा शपथ लिएका डोनाल्ड ट्रम्पले मृत्युदण्डसँग सम्बन्धित आदेशमा हस्ताक्षर गरेका छन् ।
यस आदेश अन्तर्गत न्याय विभागलाई गम्भीर संघीय मुद्दाहरूमा दोषी ठहरिएकाहरूलाई मृत्युदण्डको माग गर्न भनिएको छ । ट्रम्पले महान्यायाधिवक्तालाई सबै राज्यहरूमा अपराधीहरूलाई मृत्युदण्ड दिन पर्याप्त विषालु सुईहरू उपलब्ध गराउन निर्देशन पनि दिए ।
ट्रम्पको यो आदेशसँगै अमेरिकामा मृत्युदण्डमाथिको प्रतिबन्ध हटेको छ । अमेरिकामा महान्यायाधिवक्ता मेरिक गारल्याण्डको आदेशमा २०२१ मा मृत्युदण्डलाई निलम्बन गरेका थिए । उक्त निर्णयको ट्रम्पले कडा आलोचना गरेका थिए र गम्भीर अपराधका दोषीहरूलाई मृत्युदण्ड दिइनु पर्नेमा जोड दिएका थिए । आफू सत्तामा फर्किएपछि मृत्युदण्ड पुनः सुरु गर्ने उनले बताएका थिए ।
ट्रम्पले महान्यायाधिवक्तालाई संघीय क्षेत्राधिकार प्रयोग गर्न र गम्भीर अपराधहरूमा अन्य कारकहरूलाई ध्यान नदिई मृत्युदण्डको माग गर्न निर्देशन दिएका छन् । योसँगै कानुन प्रवर्तन अधिकारीको हत्या वा अवैध आप्रवासीद्वारा कसैको हत्याको मामिला मृत्युदण्डको सजाय सुनिश्चित भएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०८ माघ २०८१, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२४ घण्टामै युक्रेन युद्ध सल्टाउँछु भनेर ठट्टामा भनेको थिएँ : ट्रम्प
हमासले बन्धकलाई रिहा नगरे ‘नारकीय’ परिणाम भोग्न तयार हुनुपर्ने: ट्रम्प
ट्रम्पले आज संसद्लाई सम्बोधन गर्ने
ट्रम्पद्वारा युएसएडका महानिरीक्षक बर्खास्त
डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई किन दिए चेतावनी ?
ट्रम्पले ल्याए कर्मचारी कटौती प्रस्ताव