काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वाइडबडी जहाजमा भएको भनिएको अनियमितता बारे संसदीय छानबिन समिति बनाउन माग गरेको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै रास्वपा सांसद शिशिर खनालले यस्तो माग गरेका हुन् ।
‘वाइडबडीको भ्रष्टाचारको विषय फेरि उठेको छ । नेपाली मुलका बेलायती नागरिकले अमेरिकामा ३३ करोड नेपाली पदाधिकारीलाई दिएको स्वीकार गरेका छन्’ उनले भने, ‘यता नेपालमा अख्तियारले मुद्दा दायर गरेको र विशेष अदालतले फैसला दिइसकेको तर अदालतले अख्तियारको पदाधिकारी तथा छानबिनमाथि नै प्रश्न उठाएको छ ।’
उक्त विषय स्मरण गराउँदै सांसद खनालले संसदीय समितिले छानबिन समिति बनाएर स्वतन्त्र रूपमा हेर्नुपर्ने माग गरे । ‘जुन निकायले छानबिन गर्नुपर्ने हो त्यसमाथि विशेष अदालतले प्रश्न उठाएकाले स्वतन्त्र छानबिनमा प्रश्न उठ्यो’ उनले भने, ‘त्यसैले एउटा छानबिन समिति बनाऔं । पछिल्लो समय उठेका विषय नजिकबाट हेरौं ।’
नेताहरूका अनुसार यस्तो माग गर्ने विषयमा रास्वपाभित्र समेत छलफल भएको थियो । पार्टीभित्रकै छलफलपछि सांसद खनालले मंगलबारको बैठकमा यस्तो माग राखेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ पुस २०८१, १४ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले तोक्यो ७ प्रादेशिक इन्चार्ज
रास्वपा सहमहामन्त्री पदबाट सुमना श्रेष्ठको राजीनामा
रास्वपा केन्द्रीय समिति बैठक बस्दै
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा
महाधिवेशनबारे औपचारिक निर्णय गर्न रास्वपाले बोलायो बैठक
तीनकुनेमा भएको आन्दोलन कुनै हिसाबले राजनीतिक थिएन : सन्तोष परियार