चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरूलाई स्वागत गरेका छन्।
यसरी प्रवेश गर्नेहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सदस्यद्वय दीपक घर्ती र चन्द्रबहादुर घर्ती, एमालेका गोपाल बस्नेत, प्रदीप पौडेल र सुशील पण्डित क्षेत्री, चुनबहादुर, काङ्ग्रेसका अरुणकुमार चौधरी, राप्रपाका चित्रबहादुर सोती लगायत रहेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ । सोही अवसरमा भारतीय सेनाका पूर्व क्याप्टेन केबी गुरुङ पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
प्रचण्डले नवप्रवेशीहरुलाई स्वागत गर्दै सबैलाई यथोचित जिम्मेवारी दिन स्थानीय पार्टी नेतृत्वलाई निर्देशन दिए । उनले पार्टीले सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा थालेको अभियानका कारण देशव्यापी जनआकर्षण बढेको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ माघ २०८१, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीले फेरि किन स्थगित गर्यो हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान ?
२५ करोड बरामद भएको घटनामा छानबिन समिति बनाउन माओवादीको माग
बाराबाट पुन: सुरु हुँदै माओवादीको तराई-मधेस जागरण अभियान
माओवादीको अभियान स्थगित, बिहीबारबाट सुरु हुने
माओवादी अभियान फेरि शुरु हुँदै, ७ र ८ गते मधेसका दुई जिल्लामा अभियान चल्ने
प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने कोशी माओवादीको चेतावनी