काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज आइतबार पनि बस्ने भएको छ । रास्वपाको केन्द्रीय समिति बैठक शनिबार शुरू भएको थियो ।
आइतबारको बैठकमा शुरूमा संविधान परिमार्जनबारे छलफल हुनेछ। त्यसपछि पार्टीको राजनीतिक प्रतिवेदनको प्रस्तावनाको व्याख्या एवं सर्वाङ्गीण विकासको भावी रोडम्यापबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
उनका अनुसार जलेश्वर बैठक र राष्ट्रिय भेलामा प्रस्तुत पार्टी सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनका आधारमा गर्नुपर्ने, पार्टीको आगामी कार्यदिशा, कार्यक्रम तालिकाबारे छलफल हुने कार्यसूची रहेको छ ।
बैठकमा केन्द्रीय समिति, सल्लाहकार परिषद् र थिंकट्यांक एवं केन्द्रीय विभागको पुनर्संरचनाबारे छलफल हुनेछ।
शनिबारको बैठकले आगामी माघ २ गतेदेखि पार्टी संगठन निर्माण अभियान शुरू गर्ने निर्णय गरेको छ । कार्यवाहक प्रवक्ता झाले पहिलो दिनको बैठकले विभिन्न पाँच विषयमा छलफल भएको जानकारी दिए ।
बैठकमा पार्टीको अधिवेशन तथा महाधिवेशन सम्पन्न गर्दै सङ्गठन निर्माण चरणलाई निर्धारित समयमा पूरा गर्न राष्ट्रव्यापी संगठन निर्माण अभियान सञ्चालन, केन्द्रीय सदस्यको नेतृत्वमा केन्द्रीय विभाग, प्रदेश समिति, प्रदेश विभागका साथै पार्टीको सम्बन्धित निकायले सिफारिस गरेका विज्ञ सदस्य रहेको जिल्ला समिति अन्तर्गतका पार्टी संरचनालाई सहयोग तथा सहजीकरण गर्न जिल्ला अनुसार कार्यदल निर्माण गर्नेबारे बैठकमा छलफल भएको उनले जानकारी दिए ।
यसरी गठन हुने कार्यदलले सदस्यता विस्तारका साथै पालिका तथा वडा समिति निर्माण गर्न जिल्ला समिति तथा पालिका समितिलाई सहजीकरण गर्नेछ ।
बैठकमा कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्याल, उपसभापति डा स्वर्णिम वाग्लेले समसामयिक राजनीति र पार्टी गतिविधिबारे अवगत गराएका थिए । बैठकमा केही गत मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनको समीक्षा प्रतिवेदनमा समेत छलफल भएको थियो ।
रास्वपाको केन्द्रीय समिति बैठक आजै सक्ने तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ पुस २०८१, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले गठन गर्यो संविधान परिमार्जन सुझाव कार्यदल
रास्वपा केन्द्रीय समिति बैठक : संविधान संशोधनदेखि रविको मुद्दाबारे छलफल
रास्वपाको केन्द्रीय समिति बैठक सुरु
रास्वपा केन्द्रीय समिति बैठक आजदेखि
संसदीय दलको कार्यवाहक नेताबारे छलफल गर्दै रास्वपा
रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा