चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारले राम्रो काम गरेपछि पार्टीप्रति देशैभरि जनतामा लहर छाएको दाबी गरेका छन् । चितवनमा विभिन्न पार्टी परित्याग गरेर माओवादी रोजेकाहरुसँगको कुराकानीमा अहिले व्यक्ति मात्रै नभएर पार्टीहरू पनि माओवादीसँग एकता गर्न संवादमा रहेको बताए ।
उनले भने, ‘देशैभरि स्थिरता, विकास र न्याय दिने पार्टी माओवादी केन्द्र नै हो भन्ने जनतामा महसुस हुन थालेको छ। म अहिले देशको विभिन्न भागमा दौडिरहेको छु, ठूलो संख्यामा हामीसँग जोडिने लहर आउँदै गरेको महसुस गरेको छु । पछिल्लो पटक प्रधानमन्त्री हुँदा सुशासन, सामाजिक न्याय र आर्थिक संकटबाट देशलाई जे जति राम्रा काम गर्न खोजेको थिए । त्यो कुरा जनताले नजिकबाट हेरिरहेका थिए ।’
उनले कांग्रेस र एमाले मिलेर अन्यायपूर्ण अप्राकृतिक र असंवैधानिक ढंगले आफूलाई सरकारबाट हटाउने काम भएको बताए ।उनले थपे, ‘हामीले जनताको पक्षमा गरेको कामले लहर नै ल्याएको छ । अहिले त नभ्याउने जस्तो पो हुँदै गयो तपाईँहरूले पनि अझै सयौँको संख्यामा प्रवेश हुँदैछ भन्नुभयो। थोरै होइन, हजारौँको संख्यामा जोडिँदैछन्, व्यक्ति होइन पार्टीहरूसँग पनि कुरा हुँदैछ । यसलाई राम्रोसँग म्यानेज गर्न सकियौँ भने आगामी चुनावमा ठूलो क्रान्ति ल्याउँछ ।’
आज माओवादी प्रवेश गर्नेहरूमा नेपाल समाजवादी पार्टीका प्रदेश सदस्यद्वय दीपक घर्ती र चन्द्रबहादुर घर्ती, एमालेका गोपाल बस्नेत, प्रदीप पौडेल र सुशील पण्डित क्षेत्री, चुनबहादुर, कांग्रेसका अरुणकुमार चौधरी, राप्रपाका चित्रबहादुर सोती लगायत रहेका छन् ।
सोही अवसरमा भारतीय सेनाका पूर्वक्याप्टेन केबी गुरुङ पनि माओवादी केन्द्रमा प्रवेश गरे। अध्यक्ष प्रचण्डले नवप्रवेशीहरुलाई स्वागत गर्दै सबैलाई यथोचित जिम्मेवारी दिन स्थानीय पार्टी नेतृत्वलाई निर्देशन दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ माघ २०८१, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी पदाधिकारी बैठक माघ २ गते सर्यो
शान्ति प्रक्रिया राजनीतिक कारणले अड्कियो, सडकमा जाने तयारी गरौँ : प्रचण्ड
सरकारले संसद छलेर अध्यादेशमार्फत शासन गर्न खोजेको माओवादीको निष्कर्ष (प्रस्तावसहित)
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने
माओवादीले ६ महिनाभित्र पार्टी सदस्यता ५ प्रतिशत बढाउने
माओवादीमा भिन्न मत वा आलोचनाको स्वतन्त्रतालाई कुण्ठित गरिने छैन : प्रचण्ड