परासीबाट चार पाङ्ग्रे सवारी चालक अनुमतिपत्र वितरण

रासस

बुधबार, २४ पुस २०८१, १० : ५९
परासीबाट चार पाङ्ग्रे सवारी चालक अनुमतिपत्र वितरण

नवलपरासी । यातायात व्यवस्था सेवा कार्यालय पश्चिम नवलपरासीले चार पाङ्ग्रे सवारी साधनको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्न सुरुआत गरेको छ । यहाँमा २०७a८ साल फागुन १ गतेबाट सेवा कार्यालय स्थापना भएको थियो ।

कार्यालयले यस अगाडि मोटरसाइकल र स्कुटरको मात्र  चालक अनुमतिपत्र दिँदै आएको थियो ।  सेवा थप भएसँगै चार पाङ्ग्रे सवारीसाधन कार, जिप, डेलिभरी भ्यान, टेम्पो, अटोरिक्सा,  (ई-रिक्सा) र (ट्रयाक्टर)को अनुमति पत्रका लागि अनलाइन आवेदन मागसमेत गरिएको कार्यालय प्रमुख श्यामलाल न्यौपानेले जानकारी दिए । 

 कार्यालयबाट ब्लूबुक नवीकरण, जाँच पास, नवीकरण तथा रुट परमिट, लाइसेन्स नवीकरण एवं दुई पाङ्ग्रेका लाइसेन्स वितरणको काम हुँदै आएको छ । यसैबीच सवारीसाधन ग्रेडिङ गरी अनुमतिपत्र दिने नीति लागू भएपछि दुर्घटनामा पनि कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अमृत भण्डारीले बताए ।

 पछिल्लो समय दुर्घटना व्यवस्थापनका लागि सवारी चालकले अनिवार्य अनुमतिपत्र लिएर मात्र सवारीसाधन चलाउने नियममा कडाइ गर्न थालिएको  छ ।

 

प्रतिक्रिया दिनुहोस