पूर्वमन्त्री आलेलाई विश्वप्रसिद्ध हिन्दू रत्न अवार्ड प्रदान

सफल खबर संवाददाता

शनिबार, २० पुस २०८१, १५ : ३१
पूर्वमन्त्री आलेलाई विश्वप्रसिद्ध हिन्दू रत्न अवार्ड प्रदान

काठमाडौं। विश्व हिन्दू महासङ्घले सांसद एवं पूर्वमन्त्री प्रेमबहादुर आलेलाई हिन्दू रत्न अवार्ड प्रदान गरेको छ ।

महासङ्घले भारतको नयाँ दिल्लीस्थित खाटु श्याम दिल्ली धाममा आयोजना गरेको एक विशेष समारोहमा सांसद आलेलाई हिन्दू धर्म संरक्षण एवं सम्वर्द्धनका अगुवा कालीबाबा शङ्कराचार्यसहित महासङ्घका पदाधिकारीहरूले उक्त अवार्ड प्रदान गरेका हुन् ।

महासङ्घले प्रत्येक पाँच वर्षमा विभिन्न देशका समाजसेवी, राजनीतिज्ञ, धर्मगुरु तथा सनातन हिन्दू धर्मको संरक्षण र सम्वर्द्धनमा विशिष्ट योगदान पुर्‍याउनेलाई यो अवार्ड प्रदान गर्दै आएको छ ।

 

 

 

हिन्दू धर्मको संरक्षण र सम्वर्द्धनका साथै सनातन हिन्दू धर्मावलम्बीहरूको सेवा तथा संरक्षणमा विशिष्ट योगदान पुर्‍याएको उल्लेख गर्दै आलेसहित विश्वका विभिन्न देशका विभिन्न व्यक्तित्वलाई उक्त अवार्ड प्रदान गरिएको हो ।​​

त्यस अवसरमा महासङ्घका अन्तर्राष्ट्रिय पदाधिकारीहरू, भारतका वरिष्ठ समाजसेवीहरू, नेपालका पूर्वउपराष्ट्रपति परमानन्द झासहित विभिन्न देशका वरिष्ठ प्रतिनिधिको उपस्थिति रहेको आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस