काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएपछि उनका समर्थकहरूमा खुसीयाली छाएको छ ।
बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशपछि रविका समर्थकले खुसीयालीमा अदालत अगाडि नाराबाजी गरेका छन् ।
रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ ।
यसैबीच रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले अदालतको आदेशले आफूहरूलाई आत्मविश्वास दिलाएको बताएका छन् । ‘गेमभन्दा बाहिरको रेफ्री आएर रेडकार्ड दिनुभएको थियो । उहाँले भिएआर प्रयोग गरेर होइन भन्नुभयो । किनारा लागिसकेको होइन । हामी जस्तो अभियोग थियो त्यस्तो होइन भनेर कन्फिडेन्ट भएका छौँ,’ उनले भने, ‘आफू प्रतिको आत्मविश्वास बढेको र न्यायालयप्रति विश्वास बढेको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ पुस २०८१, १९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले तोक्यो ७ प्रादेशिक इन्चार्ज
रास्वपा सहमहामन्त्री पदबाट सुमना श्रेष्ठको राजीनामा
रास्वपा केन्द्रीय समिति बैठक बस्दै
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा
महाधिवेशनबारे औपचारिक निर्णय गर्न रास्वपाले बोलायो बैठक
तीनकुनेमा भएको आन्दोलन कुनै हिसाबले राजनीतिक थिएन : सन्तोष परियार