चितवन। चितवनमा चट्याङ लागेर तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङस्थित स्थानीय ५५ वर्षीय सोमबहादुर चेपाङको घरमा सोमबार राति ११ बजेको समयमा चट्याङ परेको हो ।
चट्याङबाट सोमबहादुर चेपाङका श्रीमती ५० वर्षीय सानुमाया चेपाङ, १० वर्षीय छोरी मनिषा र १२ वर्षीय छोरा रामबहादुर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए।
सानुमाया तथा मनिषा सामान्य घाइते भएका र उनीहरुको हात्तीवाङ काउले स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रवक्ता भण्डारीले बताए । छोरा रामबहादुरको भने हातखुट्टा, पेट र अनुहार डढेको तथा उनको आधारभूत अस्पताल कुरिनटारमा उपचार भइरहेको उनले बताए । चट्याङबाट एककोठे कच्ची घर पनि जलेर नष्ट भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १३ चैत्र २०८०, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चट्याङ लागेर एकै परिवारका चार जना घाइते
चट्याङ लागेर दुई महिला गम्भीर घाइते
बिहारका धेरै जिल्लामा आँधीबेहरी र चट्याङका कारण २५ जनाको मृत्यु
चट्याङ लागेर दुई महिला गम्भीर घाइते
चट्याङबाट दुई जनाको मृत्यु
डोटीमा चट्याङले एकजनाको मृत्यु, सात घाइते