काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले उप निर्वाचनका लागि अझै उम्मेदवार तय गर्न सकेको छैन । आज बसेको सो पार्टीको सचिवालय बैठकले सत्तारूढ गठबन्धनका अन्य घटकसँग छलफल गरे पछि मात्रै उम्मेदवारका बारेमा टुंगोमा पुग्ने निष्कर्ष निकालेको छ ।
सत्ता गठबन्धन दलहरूसँग छलफल गरेपछि मात्रै उम्मेदवार उठाउने नउठाउने निर्णय गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
एमालेले उम्मेदवार तय गर्ने निर्णय गरे पनि सत्तारूढ गठबन्धनका नेकपा एस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले भने अझै उम्मेदवारका बारेमा कुनै निर्णय लिइसकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ चैत्र २०८०, १८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उथलपुथलको सम्भावना छ, विपक्षीहरू एक बनौँ : माधव नेपाल
एकीकृत समाजवादी गण्डकी प्रदेशको प्रथम अधिवेशन पोखरामा
एकीकृत समाजवादीको कार्यविभाजन : यी हुन् सात प्रदेशका इन्चार्ज र सहइन्चार्ज
एकीकृत समाजवादीमा पाँच सदस्यीय केन्द्रीय कार्यालय गठन
नेकपा एकीकृत समाजवादीको बैठक आज सकिँदै
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै