उद्योगपति शेखर गोल्छा चलचित्र निर्माणमा

सफल खबर संवाददाता

विहीबार, १० माघ २०८१, ०८ : २०
उद्योगपति शेखर गोल्छा चलचित्र निर्माणमा

काठमाडौं । उद्योगपति शेखर गोल्छा चलचित्र निर्माणमा आएका छन् । चलचित्र ‘परान’मार्फत शेखर चलचित्र निर्माणमा प्रवेश गरेका हुन् । 

‘परान’ टेलिभिजन श्रृंखला ‘सक्किगोनि’का कलाकार दीपक आचार्य ‘काकु’ले निर्देशन गर्नेछन् । यो चलचित्रमा शेखर गोल्छाको लगानी रहनेछ । शेखरलाई रञ्जित आचार्यले लगानीमा सहयोग गर्नेछन् । 

बुधबार काठमाठडौंमा कार्यक्रम आयोजना गर्दै यसबारे जानकारी दिइएको हो । ‘परान’को छायांकन फागुनको पहिलो सातादेखि सुरु हुनेछ । धनकुटाबाट छायांकन सुरु हुने निर्माण टिमले जानकारी दिएको छ । 

चलचित्रको कथा दीपक स्वयले लेखेका छन् । ‘परान’को प्रमुख भूमिकामा कलाकार नीर शाह रहनेछन् । 

मदनकृष्ण श्रेष्ठ, सुभाष गजुरेल, पूजा चन्द, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, महेश त्रिपाठी, बुद्धी तामाङ, यमन श्रेष्ठ, बबिन राई र आर्यदीप आचार्यको अभिनय रहनेछ । 

प्रतिक्रिया दिनुहोस