काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकमा उथलपुथलको सम्भावना रहेको बताएका छन् । बुधबार सिंहदरवारमा बसेको विपक्षी दलहरूको बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिको चर्चा गर्दै उथलपुथलबाट जोगिन विपक्षी दलहरू एक हुनुपर्ने भनाइ उनले राखेका थिए ।
बैठकमा सहभागी एक नेताले बताए अनुसार, आजको बैठकमा सबैभन्दा धेरै समय लिएर नेपालले नै बोलेका थिए । झण्डै दश मिनेट आफ्ना कुरा ब्रिफिङ गरेका उनले बांङलादेश, दक्षिण कोरिया, श्रीलंका लगायतका देशमा देखिएको असन्तुष्टि नेपालमा पनि भित्रभित्रै बढ्दै गएको पनि बताएका छन् ।
‘अन्तर्राष्ट्रिय परिस्थिति र नेपालभित्रको परिस्थितिले पनि उथलपुथलको सम्भावना छ । असन्तुष्टि भित्रभित्रै चरम रूपमा बढेको छ,’ अध्यक्ष नेपालले बोलेको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘यसलाई विपक्षी दलहरू मिलेर राजनीतिक रूपमा सेटल गर्नुपर्छ । अन्यथा अर्को लाइनमा जान सक्छ । मुलुकमा अर्को अप्ठेरो आउन सक्छ ।’
संविधान संशोधन, धार्मिक गतिविधि, शासकीय स्वरूप लगायतका विषयमा गम्भीर हुनुपर्ने भन्दै उनले सबै विषयलाई एउटै डालोमा हालेर मुलुकलाई अर्को ट्रयाकमा लाने प्रयास हुनसक्ने बताए ।
‘धेरैवटा विषयलाई एउटै डालोमा हालेर लिने प्रवृत्ति बढेकाले पनि मुलुक अर्को ट्र्याकमा जान सक्छ,’ नेपालले भनेका छन् । उथलपुथलबाट रोक्न अब विपक्षी दलहरू एक हुनुपर्ने बताउँदै उनले अन्य साना दलहरूलाई विपक्षी मोर्चामा ल्याउनेबारे भइरहेको प्रयास पनि चर्चा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ माघ २०८१, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीको कार्यालयमा तोडफोड
महायज्ञ लगाउन दलित परिवारको उठिबास लगाउनेमाथि कारवाही गर्न माग
एकीकृत समाजवादीले गणतन्त्र पक्षधरलाई सघाउने
एकीकृत समाजवादी रुपन्देही जिल्ला अधिवेशनको तयारी पूरा
एकीकृत समाजवादीद्वारा बैठक आह्वान
एकीकृत समाजवादीद्वारा बैठक आह्वान