कञ्चनपुर । कञ्चनपुरबाट प्रहरीले पेस्तोलसहित चारजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको उधमसिंह नगर जिल्ला खटिमाका ३४ वर्षीय जीवन सिंह जिमेवाल, ३१ वर्षीय कोमल बिष्ट, ३४ वर्षीय उमेद सिँह अधिकारी र २८ वर्षीय सञ्जय जेठी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार बुधबार राति १० बजेतिर भीमदत्त नगरपालिका-६ ऐठपुरबाट उनीहरुलाई पेस्तोलसहित पक्राउ गरिएको हो।
उनीहरुले पेस्तोल बोकेको गोप्य सूचनापछि गएको प्रहरी टोलीले महेन्द्रनगरबाट गड्डाचौकीतर्फ गइरहेको भारतीय नागरिक जिमेवालले चलाएको यूके ०६ एआर ०८४६ नम्बरको कारबाट पेस्तोल बरामद गरेको हो।
चालक सिटको पछाडी खल्तीमा लुकाएको अवस्थामा एक थान पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ। कार चालक जिमेवाल र सवार अन्य तीनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० माघ २०८१, ०९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिरहाबाट १ थान पेस्तोलसहित २ भारतीय पक्राउ
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
सहकारीका कर्मचारीबाट लुटियो ८० लाख
सिराहाबाट पेस्तोलसहित एक युवक पक्राउ