काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरूको कार्यविभाजन गरेको छ । जसअन्तर्गत सातै प्रदेशको लागि इन्चार्ज र सहइन्चार्ज पनि तोकिएको छ ।
कार्यविभाजनमा प्रदेशको जिम्मेवारीमा रहने सबै पोलिटब्युरो सदस्यलाई सम्बन्धित प्रदेशको सहइन्चार्ज बनाएको उल्लेख छ । इन्चार्जमा भने पदाधिकारीलाई प्राथमिकता दिएको छ ।
कोशी प्रदेशको इन्चार्जको जिम्मेवारी उपमहासचिव राजेन्द्र राईलाई तोकिएको छ भने सहइन्चार्ज भए ९ जनालाई बनाइएको छ । रातोपाटीलाई प्राप्त कार्यविभाजन सूचीअनुसार बलदेव चौधरी, धर्म निरौला, भवानीप्रसाद खापुङ, महेश रेग्मी, राजन राई, केशव कुमार विष्ट, खिनु लङवा लिम्बु, जीवन राई र विद्या चाम्लिङ सहइन्चार्ज बनेका छन् ।
त्यसैगरी मधेस प्रदेशको इन्चार्जको जिम्मेवारी उपाध्यक्षसमेत रहेका धर्मनाथ प्रसाद साहलाई तोकिएको छ । स्थायी कमिटी सदस्य नगेन्द्र चौधरी यस प्रदेशको सहइन्चार्ज बनेका छन् ।
बागमती प्रदेशको इन्चार्ज उपाध्यक्ष गंगालाल तुलाधर बनेका छन् । बागमतीमा १२ जना सहइन्चार्ज बनेका छन् । जसअनुसार जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, गंगाप्रसाद नेपाल, गुरुप्रसाद बुर्लाकोटी, वसन्त मानन्धर, राजेन्द्र लोहनी, शिव भण्डारी, टोकबहादुर वाइबा, भगवती नेपाल, लक्ष्मण लम्साल, विदुर सापकोटा, सुदेश पराजुली सहइन्चार्ज बनेका छन् । यसैगरी इन्द्रमाया गुरुङलाई सोही प्रदेशको महिला फाँट इन्चार्जको जिम्मेवारी दिइएको सो पार्टीले जनाएको छ ।
गण्डकी प्रदेशमा भने सचिव श्रीनाथ बराल इन्चार्ज बन्दा पोलिटब्युरो सदस्य दिलुकुमारी पन्त सहइन्चार्ज बनेकी छिन् ।
लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी उपमहासचिव मेटमणि चौधरीलाई तोकिएको छ । यहाँको सहइन्चार्जमा सचिव सोमप्रसाद पाण्डे रहेका छन् । कर्णाली प्रदेशको इन्चार्जमा भने सचिव चन्द्रबहादुर शाही चयन भएका छन् । यहाँको सहइन्चार्जको जिम्मेवारी पोलिटब्युरो सदस्य शेरबहादुर केसीलाई दिइएको छ ।
सुदूरपश्चिम प्रदेशमा भने उपाध्यक्ष भानुभक्त जोशी इन्चार्जको जिम्मेवारीमा रहनेछन् । यहाँको सहइन्चार्जको जिम्मेवारी सचिव शेरबहादुर कुँवरले पाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ पुस २०८१, १० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि
नेकपा एसमा १३ बुँदे आचारसंहिता- महिलाप्रति एकनिष्ठताको व्यवहार (पूर्णपाठ)
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बस्दै, ९ एजेण्डा तय
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि
एकीकृत समाजवादी बागमतीको अध्यक्षमा भीम दाहाल
एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान