काठमाडौँ । नेकपा एकीकृत समाजवादीले महासचिव घनश्याम भुसालको नेतृत्वमा पाँच सदस्यीय केन्द्रीय कार्यालय गठन गरेको छ ।
पार्टीको पछिल्लो स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै उपमहासचिव समेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले महासचिव भुसाल नेतृत्वमा केन्द्रीय कार्यालय पाँच जनाको हुने जानकारी दिए ।
'महासचिवको नेतृत्वमा केन्द्रीय कार्यालय पाँच जनाको हुनेछ,’ उनले भने । केन्द्रीय कार्यालयमा महासचिवसहित उपमहासचिवहरू पनि हुने उनले बताए ।
एकीकृत समाजवादीमा उपमहासचिवहरू राजेन्द्रकुमार राई, गरिमा शाह, मेटमणि चौधरी, रामकुमार भट्टराई छन् । उनीहरू केन्द्रीय कार्यालयमा रहनेछन् । त्यस्तै, एकीकृत समाजवादीले पहिलो पटक २४ सदस्यीय सचिवालय पनि गठन गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ पुस २०८१, १८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि
नेकपा एसमा १३ बुँदे आचारसंहिता- महिलाप्रति एकनिष्ठताको व्यवहार (पूर्णपाठ)
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बस्दै, ९ एजेण्डा तय
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि
एकीकृत समाजवादी बागमतीको अध्यक्षमा भीम दाहाल
एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान