काठमाडौ । एक हबलदारसहित नेपाल प्रहरीका १५ जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ।
प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज (बिहीबार) सूचना जारी गर्दै १५ जना प्रहरी महिनाभन्दा लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरुलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो।
आफूखुशी गैरहाजिर रहनेमा जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरी हवलदार रघुनाथ हजाम, ताप्लेजुङको प्रहरी चौकी थेचम्बुमा कार्यरत सहायक हबलदार धनबहादुर कार्की, जाजरकोटको इलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत सहायक हबलदार चेतन महतारा छन्।
हबलदार र सहायक हबलदारहरु मंसिरदेखि गैरहाजिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
गैर हाजिर हुनेमा प्रहरी जवान, प्राविधिक प्रहरी जवान र प्रहरी कार्यालयका सहयोगी समेत छन्। जिल्ला प्रहरी परिसर काठमाडौँमै कार्यरत प्रहरी जवान रूपक साउद असोजदेखि सम्पर्कविहीन रहेका सूचनामा उल्लेख छ।
आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीलाई सेवाबाट हटाउने चेतावनीसमेत प्रहरी प्रधान कार्यालयले दिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० माघ २०८१, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीमा रोजगारको अवसर
प्रहरी विधेयकका प्रावधान सच्याउन राजनीतिक दलमाथि दबाब
नेपाल प्रहरीका ७५ जना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस
प्रहरीका १७ एसपीको सरुवा, को कहाँ पुगे ?
चितवनमा एक युवकमाथि प्रहरीबाटै निर्घात कुटपिट, छानबिन समिति गठन
प्रहरी कारबाहीबाट ५ महिनामा दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन