काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरेको छ । सरुवा सूची अनुसार २३ जिल्लाका इन्चार्ज परिवर्तन भएका छन् ।
सर्लाहीमा कार्यरत प्रहरी उपरीक्षक प्रवीण धिताललाई नयाँ जिम्मेवारी दिइएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियामा सरुवा गरिएको छ । हिन्दु र मुस्लिमबिच तनाव भएपछि असोज २५ मा धिताललाई सर्लाहीमा पठाउने निर्णय गरिएको थियो । अहिले सर्लाहीमा दयानिधि ज्ञवालीलाई पठाउने निर्णय गरिएको छ ।
नवराज कार्कीलाई मोरङमा सरुवा गरिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँमा अपिलराज बोहरा, पर्सामा कुमोध ढुंगेल, धादिङमा गौतम कुमार केसी, कैलालीमा पदम बहादुर विष्ट र काभ्रेपलाञ्चोकमा वसुन्धरा खड्कालाई सरुवा गरिएको छ । सिन्धुलीमा विनोद शर्मालाई पठाइएको छ ।
चितवनमा भावेष रिमाल गएका छन् । झापामा मिलन केसीलाई सरुवा गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा रञ्जित सिंह राठौर र महोत्तरीमा श्याम कुमार राईलाई सरुवा गरिएको छ । सन्तोष खड्का सिन्धुपाल्चोकमा सरुवा भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ फागुन २०८०, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरी परिसर काठमाडौँमा दुई जना एसपी राख्ने निर्णय
प्रहरीमा ३७ जना एसपीमा बढुवा सिफारिस, कोको परे? (सूचीसहित)
सशस्त्रका चार एसपी हेडक्वार्टर तानिए
एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन
एपीएफका १८ एसपी र २ सय ३७ जना डीएसपीको सरुवा (सूचीसहित)
चारजना एसपी एसएसपीमा बढुवा सिफारिस