सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सहकारीले सुशासन कायम गरेर बचतकर्ताको विश्वास जित्नुपर्ने बताएका छन् । ‘राज्यले तिनखम्वे नीतिलाई अवलम्बन गरेको छ । सहकारी, निजी र सरकारी निकायको सहकार्यबाट आर्थिक क्रियाकलापलाई चलायमान गर्न सकिन्छ । सहकारीका सिद्धान्तलाई पालना गरेर सुशासन कायम गरी बचत कर्ताको विश्वास जित्नु पर्दछ’, उनको भनाइ थियो ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आयोजना गरेको सहकारी संस्था समस्या समाधान र सुशासन प्रवर्द्धन विषयक प्रदेश स्तरीय कार्यशालामा बोल्दै मुख्यमन्त्री शर्माले सहकारी मार्फत जनपरिचालन गरेर विकासमा योगदान दिन सकिने बताए । यस्तै संघीयता लागु भएका मुलुकको अनुभवलाई हेर्दा नेपालको संघीयता कार्यान्वयन छिटो छरितो र प्रभावकारी भएको शर्माले बताए ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले अहिलेको अवस्थामा सहकारीमा आबद्ध सदस्यको विश्वास जित्नु सहकारीका लागि चुनौती भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ माघ २०८०, १५ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्य सचिवको जिम्मा उपाध्यायलाई
भूकम्पबाट क्षति विद्यालय प्रदेश सरकारले पुनः निर्माण गर्ने
कर्णाली प्रदेश सभा बैठक आह्वान
उपनिर्वाचन : कर्णालीका ८ स्थानीय तहमा मतदान जारी
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोड
तेत्तीस ठूला आयोजना अलपत्र