काठमाडौं। माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटारमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । डिजिटल भुक्तानी सेवालाई बढावा दिने उद्देश्यका साथ सेवा शुरू गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार नेपालीहरूको महान चाड वडा दशैंमा नयाँ नोट सटही गर्न चाहने सेवाग्राहीलाई केन्द्रित गर्दै क्यूआर कोड सञ्चालनमा ल्याइएको हो ।उक्त सेवा राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेश शाक्य र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले शुक्रवार संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।
उक्त सेवाबाट राष्ट्र बैंकमा नयाँ नेपाली नोट सटही गर्न आउने सेवाग्राहीहरूले क्यूआरमार्फत भुक्तानी गरी सटही सुविधा लिन सक्ने छन् ।जसले गर्दा सेवाग्राहीहरूको काम छिटोछरितो हुन गई नगदरहित कारोबारलाई समेत टेवा पुग्ने बैंकको विश्वास छ ।
यस बाहेक बैंकले फरक–फरक माध्यमहरू मार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरूका लागि नवीन उत्पादन र सेवाहरू ल्याइरहेको छ । नगदरहित बैकिङ्गलाई बढावा दिँदै पहिलो डिजिटल ‘स्मार्ट बैंक’को रुपमा आफूलाई स्थापित गर्ने लक्ष्यमा बैंक निरन्तर अगाडि बढिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ भदौ २०८०, १६ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माछापुच्छ्रे बैँकका एक सञ्चालकको राजीनामा स्वीकृत, दुई नियुक्त
माछापुच्छ्रे बैंक र बिगमार्टबीच सम्झौता
एटीएम मशिन तोडफोड गरेको आरोपमा बूढानीलकण्ठबाट २ जना पक्राउ