काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले शेयरधनीहरुलाई १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । बुधबार बसेको संचालक समितिको बैठकले गत बर्षको खुद मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १४ प्रतिशत (कर सहित) लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ ।
बैंकले उक्त लाभांशलाई नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गर्नेछ । बैंकले ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ भदौ २०८०, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माछापुच्छ्रे बैँकका एक सञ्चालकको राजीनामा स्वीकृत, दुई नियुक्त
माछापुच्छ्रे बैंक र बिगमार्टबीच सम्झौता
एटीएम मशिन तोडफोड गरेको आरोपमा बूढानीलकण्ठबाट २ जना पक्राउ