काठमाडौं । सशस्त्र प्रहरी बलको एउटा गणपतिको कमजोरी ढाकछोप गर्न सशस्त्र प्रहरी हवल्दारलाई जेल पठाइएको छ।
दार्चुलाको सशस्त्र प्रहरी बल ४४ नम्बर गणमा कार्यरत कामु वरिष्ठ हवल्दार नरेश सिंह साहुले त्यहाँका गणपति त्रिभुवन विष्टले रासनमा गरेको अनियमितताबारे सञ्चारकर्मीलाई सूचना चुहाएपछि एसपीमाथि अनुसन्धान हुनुपर्नेमा उल्टै हवल्दारलाई विशेष कानुन लगाएर जेल पठाइएको हो।
कानुन शाखामा कार्यरत एसएसपी युवराज अर्यालको एकल आदेश र इजलाशले सिंहमाथि हातहतियारको सूचना चुहाएको आरोप लगाए हदैसम्मको कारबाही गरी जेल पठाएका हुन्।
एसपी विष्टलाई जोगाउन सशस्त्र प्रहरी बल मुख्यालयको कानुन शाखाले सिंहलाई हातहतियारको सुचना चुहाएको आरोप लगाएर जागिरबाट बर्खास्त मात्र गरेन उनलाई पुर्पक्षका लागि थुनामा पठाएको छु स्रोतले भन्यो।
तर एसपी विष्टमाथि भने अहिलेसम्म छानबिन भएको छैन । उनलाई प्रधानमन्त्री कार्यालयबाटै संरक्षण भएकाले सशस्त्र प्रहरीले आन्तरिक छानबिनसमेत गर्न सकेको छैन । सशस्त्र प्रहरीले उनीमाथि छानविन गर्न खोजेपछि शक्ति केन्द्रको दबाबमा रोकिएको थियो। यो समाचार नागरिक दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ३० साउन २०७९, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्रका चार एसपी हेडक्वार्टर तानिए
एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन
एपीएफका १८ एसपी र २ सय ३७ जना डीएसपीको सरुवा (सूचीसहित)
चारजना एसपी एसएसपीमा बढुवा सिफारिस
एसपी मोहन कुमार थापा पुरस्कृत
बालिका मृत्यु प्रकरण : गृहमन्त्रीले लिए सिडिओ, एसपी र डिएसपीको संयुक्त ब्रिफिङ