सिरहा । यही वैशाख ३० मा हुने स्थानीयतह निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका एक मेयर र एक उपमेयरसहित १० जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
नेकपा एकीकृत समाजवादीका तर्फबाट गोलबजार नगरपालिकामा मेयर पदका उम्मेदवार धर्मनाथ महतो र उपमेयर पदका उम्मेदवार गोमा लम्सालसहित १० जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
नेकपा एसकै तर्फबाट वार्ड नम्बर ६ का वडा अध्यक्ष, महिला सदस्य र दलित महिला सदस्यले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत शिवप्रसाद आचार्यले जानकारी दिए । त्यसैगरी स्वतन्त्र उम्मेदवारी दिएका वडा नम्बर १२ र १३ का वडा अध्यक्ष, वार्ड नम्बर ५ का महिला सदस्यले पनि उम्मेदवारी फिर्ता लिएको अधिकृत आचार्यले जानकारी दिए ।
जिल्लामै सबैभन्दा बढी उम्मेदवारी परेको छ । मेयर पदका लागि २९, उपमेयर १७, १३ वटा वडाका लागि वडाध्यक्ष ९०, खुला सदस्य एक सय ३६, महिला सदस्य ६४ र दलित महिला सदस्य ६८ गरी चार सय दुई जनाको उम्मेदवारी दिएका थिए। जसमध्ये आज एक मेयर र एक उपमेयरसहित १० जनाको नाम फिर्ता आएको हो ।
त्यसैगरी, मिर्चैया नगरपालिकाबाट एक उपप्रमुख, दुई जना वडाध्यक्ष, एक जना सदस्य सहित ४ जनाले उम्मेदवारी फिर्ता लिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ बैशाख २०७९, १८ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एसको ‘बन्धन फुकाउन’ कानूनकाे मस्यौदा तयार
नेकपा एसकाे केन्द्रिय नेताहरूकाे कार्यबिभाजन आज हुने
आज देखी नेकपा एसको स्थायी कमिटी बैठक
नेकपा एसको पदाधिकारी र पोलिटब्युरो सदस्य चयन चुनावबाटै हुने, चुनावी प्रक्रिया सुरु
केन्द्रीय सदस्य छान्न नसकेपछि २ दिन धकेलियो नेकपा एसको बैठक
नेकपा एसमा प्रतिनिधित्व : ३३ प्रतिशत महिला, २० प्रतिशत युवा