न्याय परिषद् सदस्यमा सिफारिस खड्काविरुद्ध उजरी आह्वान

सफल खबर संवाददाता

शुक्रबार, ०४ माघ २०८१, ०८ : ३५
न्याय परिषद् सदस्यमा सिफारिस खड्काविरुद्ध उजरी आह्वान

काठमाडौ । न्याय परिषद् सदस्यमा सिफारिस दामोदर खड्काविरुद्ध संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको छ । समितिले शुक्रबार एक सूचना जारी गर्दै  खड्काविरुद्ध उजुरी आह्वान गरेको हो । 

जसअनुसार खड्कालाई न्याय परिषद् सदस्य बनाउन उपयुक्त छैन भन्ने लागेको खण्डमा १० दिनभित्र उजुरी दिन सकिने सूचनामा उल्लेख छ । 

यसअघि बिहीबार बसेको संसदीय सुनुवाइ समिति बैठकले उनको सुनुवाइ प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस