काठमाडौँ । हालै बढुवा भएका नेपाल प्रहरीका ३७ जना प्रहरी उपरीक्षक (एसपी)हरूको पदस्थापन तथा काज गरिएको छ । प्रहरी प्रधान कार्यालयले बढुवा भएका एसपीहरुलाई प्रचलित नियमअनुसार तलब भत्ता पाउनेगरी आईजीपी बसन्त कुँवरको निर्णयअनुसार पदस्थापनको निर्णय भएको हो ।
जसअनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय मानवस्रोत व्यवस्थापन महाशाखा दाङमा पदस्थापन भएका एसपी कुलदीप चन्दलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा काज गरिएको छ ।
यस्तै सुमित खड्काको विशेष ब्युरो राजनीतिक अन्वेषण शाखा नक्साल तथा दानबहादुर थापाको प्रहरी प्रधान कार्यालय सूचना विश्लेषण शाखामा पदस्थापन भएको छ । यस्तै लालध्वज सुवेदीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयमा पदस्थापन भएको छ । पदस्थापन÷काजको सूचीः
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ माघ २०८१, १३ : ४८
लेखकबाट थप