काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चार दिनसम्म स्थिर रहेको सुनको मूल्य मंगलबार भने तोलामा १ हजार ९०० रुपैयाँ बढेको हो ।
महासंघका अनुसार मूल्य बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ६४ हजार ७०० रुपैयाँ पुगेको छ । यसअघि शुक्रबारदेखि सोमबारसम्म सुनको मूल्य १ लाख ६२ हजार ८०० रुपैयाँ थियो ।
महासंघका अनुसार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ८९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९३० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यस आधारमा चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ माघ २०८१, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढ्यो
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा १६०० रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यमा नयाँ रेकर्ड कायम, तोलामा १ लाख ६२ हजार रुपैयाँ नजिक
सुनको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार ?