काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका १४ जिल्लाका नेपाली काँग्रेसका जिल्ला सभापतिहरूसँग छलफल गरेका छन् ।
पाथीभरा केबुलकार निर्माण सम्बन्धमा देखिएका समस्याका बारेमा कोशी प्रदेशका पार्टी सभापतिहरूसँग छलफल गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
पाथीभरामा केवलकार निर्माण गर्न नहुने भन्दै आन्दोलन चर्किएपछि कोशी तनावग्रस्त बनेको थियो । अहिले आन्दोलनरत पक्षसँग सरकारले वार्ता टोली बनाएर छलफल गरिरहेको छ। यद्यपि अहिलेसम्म कुनै सहमति भएको छैन ।
आन्दोलनरत पक्षले केबलकार निर्माण तत्काल स्थगित हुनुपर्ने अडान राखिरहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ माघ २०८१, १९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाथीभरा केबलकार विवादबारे सरकारी वार्ता टोलीद्वारा आन्दोलनरत पक्षसँग छलफल सुरु
पाथीभरा केबलकार विवाद : एक सातादेखि यातायात ठप्प, जनजीवन प्रभावित