ताप्लेजुङ । सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा मङ्गलबार साँझदेखि हिमपात भएको छ। तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने तीर्थस्थल पाथीभरा मन्दिरसहित जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ।
पाथीभरा मन्दिर जाने पदमार्गअन्तर्गत फेदीको बस्तीसहित सोभन्दा माथि हिमपात भइरहेको फेदीस्थित प्रहरी चौकीका हबल्दार मिलन कटुवालले जानकारी दिए। हिमपात भए पनि जनजीवनमा सामान्य रहेको उनले बताए।
यसपटक लामो समयपछि जिल्लाको केही ठाउँमा सामान्य वर्षा भएको हो। हिउँद लागेपछि लामो समयसम्म पानी नपर्दा हिउँदे बालीनाली लगाएका किसानलाई भने समस्या भइरहेको थियो। समान्य वर्षा र हिमपात हुन सुरु भएपछि भने यसले केही राहत पुग्ने किसानले बताएका छन्।
केही दिनयता चिसो बढेसँगै पाथीभरामा तीर्थयात्रीको आगमनको सङ्ख्या घटेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो। हरेक वर्ष हिउँ परेपछि भने पाथीभरामा आन्तरिक धार्मिक पर्यटकको आगमन बढ्ने गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ पुस २०८१, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
भारी हिमपातपछि अमेरिकाको ६ राज्यमा आपतकाल घोषणा
हुम्लामा तेस्रो पटक हिमपात, जनजीवन प्रभावित
हुम्लामा हिमपात, जनजीवन प्रभावित
दार्चुलामा वर्षासँगै हिमपात
सुदूरका पहाडी जिल्लामा हिमपात