यो हो विश्वको सबैभन्दा महँगो गाई, कति होला मूल्य ?

सफल खबर संवाददाता

मंगलबार, २२ माघ २०८१, १६ : ४३
यो हो विश्वको सबैभन्दा महँगो गाई, कति होला मूल्य ?

रियो द जेनरियो । एउटा गाईको मूल्य कति पर्ला ? एउटा गाईको मूल्य करोडौं हुन सक्छ ? यो ठट्टा होइन, सत्य हो ।

ब्राजिलमा भियाटिन–१९ नाम गरेको नेलोर गाई ४८ लाख डलर (झन्डै ६७ करोड नेपाली रुपैयाँ)मा बिक्री भएको छ । यो गाई किन यति महँगो पर्‍यो होला ? गाईहरू दूध उत्पादनका लागि मात्र हुन्नन् ।

असाधारण गुणहरूको कारणले गर्दा केही प्रजातिको मूल्य निकै धेरै हुन्छन् । संसारमा कयौँ प्रजातिका गाई पाइन्छन्, विशिष्ट विशेषताहरूको कारण लाखौं मात्रै होइन करोडौँमा किनबेच हुन्छन् ।

जापानको वाग्यु ​​गाई र भारतका ब्राह्मण गाई यसका केही उदाहरण हुन् । यी गाईहरूले जस्तो सुकै गर्मी पनि सहन सक्छन्, तिनीहरूको नस्ललाई धेरै शुद्ध मानिन्छ । यही कारणले गर्दा विश्वभर यी गाईको माग पनि उच्च रहन्छ । भियाटिना–१९ नामको यो गाई विश्वको सबैभन्दा महँगो गाई त हो नै, यसले अर्को इतिहास पनि रचेको छ ।

यो अहिलेसम्मकै सबैभन्दा महँगो नेलोर जातको गाई बनेको छ । यो गाईको तौल १ हजार सय किलोग्राम छ । यो कुनै पनि साधारण गाईको भन्दा दोब्बर तौल हो । हालै ब्राजिलमा भएको ‘च्याम्पियन्स अफ द वल्र्ड’ प्रतियोगितामा यसले ‘मिस साउथ अमेरिका’को उपाधि पनि जितेको थियो ।

यसको सेतो, चम्किलो, लचिलो छाला र उठेको कुमले यसलाई अझ विशेष बनाएको छ । यी विशेषताहरूका कारण, यो तातो क्षेत्रहरूमा सजिलै बाँच्न सक्छ र दरिलो पनि रहन्छ ।

प्रतिक्रिया दिनुहोस