केन्द्रीय सदस्य छान्न नसकेपछि २ दिन धकेलियो नेकपा एसको बैठक

सफल खबर संवाददाता

सोमबार, १४ साउन २०८१, १२ : ३३
केन्द्रीय सदस्य छान्न नसकेपछि २ दिन धकेलियो नेकपा एसको बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई पूर्णता दिने भन्दै आजको लागि बोलाइएको बैठक सारेको छ । आज बस्ने भनिएको बैठक बुधवारका लागि सारिएको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

बैठकको तयारी नपुगेको भन्दै सारिएको उनको भनाइ छ । हालै भएको महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई दोहोर्याउँदै ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको थियो ।

अहिले २०६ केन्द्रीय सदस्य पद रिक्त छन् । आकांक्षी धेरै हुँदा पार्टीले तयार पारेको मापदण्ड अनुसार केन्द्रीय सदस्य छान्न नसकेपछि बैठक सारिएको बुझिएको छ । सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्ने तयारी छ।

प्रतिक्रिया दिनुहोस