काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज सकिने भएको छ ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा एसको २६ मंसीर देखी जारी बैठकमा धारणा राख्ने र जबाफ दिने क्रम सकिए पनि नेताहरूको कार्यबिभाजन बाँकी रहेकाले बैठक लम्बिएकाे हाे ।
आजको बैठकमा आजको बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्यको कार्यविभाजन गरिने महासचिव घनश्याम भुषालले जानकारी दिए । उनका अनुसार हिजाेकाे बैठकमा नेकपा एसको ‘आन्दोलनद्वारा पार्टी निर्माण गरिने’ भन्ने कार्ययोजना पारित गरेकाे थियाे ।
केन्द्रिय कार्यालय आलोकनगरमा सोमबार बसेको स्थायी कमिटिको बैठकले अन्य कुनै पनि कम्युनिष्ट पार्टीसँग एकताको कुनै सम्भावना नभएको निष्कर्ष निकालेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ पुस २०८१, ०७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज देखी नेकपा एसको स्थायी कमिटी बैठक
नेकपा एसको पदाधिकारी र पोलिटब्युरो सदस्य चयन चुनावबाटै हुने, चुनावी प्रक्रिया सुरु
केन्द्रीय सदस्य छान्न नसकेपछि २ दिन धकेलियो नेकपा एसको बैठक
नेकपा एसमा प्रतिनिधित्व : ३३ प्रतिशत महिला, २० प्रतिशत युवा
नेकपा एसमा रामकुमारीलाई उपाध्यक्ष बनाउने सहमति
नेकपा एसले पुराना नेतालाई गर्यो सम्मान