चितवन । प्रेस चौतारी नेपाल गोरखा शाखाको अध्यक्षमा सुजन न्यौपाने निर्वाचित भएका छन् । मङगलबार ९आज० गोरखामा भएको छैटौं अधिवेशनले न्यौपानेको अध्यक्ष रहेको ७ सदस्यी नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
जसको उपाध्यक्षमा सुनिल पराजुली, महिला उपाध्यक्षमा रुपा थापा , सचिवमा रबिकिरण रेग्मी र कोषाध्यक्षमा नवराज पोख्रेल निर्वाचित भएका छन् । सदस्यपछि थप गर्ने गरि कार्यसमिति चयन गरेको हो ।
अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य एवम् जिल्ला ईन्चार्ज किरण लोहनीले पत्रकारहरूले राजनीतिक र बैचारिक सुझबुझ सङ्गै व्यावसायिक पत्रकारितामा जोड दिनुपर्ने बताए ।
देशमा संघीय शासन प्रणाली लागू भएको लामो समय भैसक्दा पनि स्थानीय सरकार र मिडियाको सहकार्य प्रभावकारी हुन नसकेको उनको भनाई छ ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका जिल्ला अध्यक्ष सुरेन्द्र थापाले स्थानीय सञ्चार माध्यमले गाउँ ठाउँका खबरलाई प्राथमिकता दिनुपर्ने बताए ।
अधिवेशनको उद्घाटनमा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज किरण लोहनी, एमालेका अध्यक्ष सुरेन्द्र बहादुर थापा र प्रेस चौतारीका पुर्व केन्द्रिय सदस्य भिमलाल श्रेष्ठको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ माघ २०८१, १६ : १६
लेखकबाट थप