किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वीयुक्रेनमा थप लडाइँका लागि आफ्नो सेना तयार रहेको रुसलाई चेतावनी दिएका छन् । रुसले युक्रेनविरुद्धको लडाइ कम गर्ने बताइरहेका बेला राष्ट्रपति जेलेन्स्कीको उक्त भनाइ आएको हो ।
‘हामीलाई कसैसँग विश्वास छैन । एउटा सुन्दर बाक्यांशमा पनि विश्वास छैन’, एउटा भिडियो सम्बोधनमा उनले भने । रुसी सेनाहरू पूर्वी दोनबास क्षेत्रमा आक्रमण गर्न पुनः संगठित भइरहेका उनले बताए ।
‘हामी केही पनि दिनेछैनौँ । हामी हाम्रो क्षेत्रको प्रत्येक मिटरको लागि लड्नेछौं’, उनले थपे । मंगलबार इस्तानबुलमा भएको शान्ति वार्तापछि एक रुसी वार्ताकारले मस्कोले राजधानी किभ र उत्तरी सहर चेर्निगिभ वरपर भएका आक्रमण कटौती गर्ने बताएका थिए । तर, पनि रुसी सेनाले निरन्तर गोलाबारी गरेको थियो ।
यसैबीच, रुसी सेना किभको उत्तरमा रहेको प्रयोगिबिहीन चेर्नोबिल आणविक उर्जा भट्टीबाट बाहिर निस्कन थालेको अमेरिकी सैन्य अधिकारीहरूले बताएका छन् । ‘हामीलाई लाग्छ कि उनीहरू त्यहाँबाट जाँदैछन् ।
तर, तिनीहरू सबै त्यहाँबाट गइसकेका छन भन्न सक्दिन’, एक अमेरिकी अधिकारीको भनाई उदृत गर्दै एएफपीले लेखेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १७ चैत्र २०७८, १० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पुटिनलाई भन्दा मोदीलाई शान्ति मनपर्छ : जेलेन्स्की
शान्ति वार्ताका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले राखे शर्त
जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई युक्रेनी सुरक्षा अधिकारी पक्राउ
जेलेन्स्कीले भने, ‘मस्को आक्रमणको लागि पुटिन युक्रेनलाई दोष दिन चाहन्छन्’