अभिनेत्री सुरक्षा पन्तमाथि गालीको वर्षा

सफल खबर संवाददाता

बुधबार, १० बैशाख २०८२, १४ : ०७
अभिनेत्री सुरक्षा पन्तमाथि गालीको वर्षा

काठमाडौँ ।  अभिनेत्री सुरक्षा पन्त यतिबेला चर्चामा छिन् । हालै उनले अन्तर्वार्तामा पूर्वनवयुवराज हृदयन्द्र शाहको विषयमा गरेको एक टिप्पणीलाई लिएर चर्चामा रहेकी हुन् । उनले दिएको टिप्पणीलाई लिएर राजसंस्था समर्थकहरू उनीमाथि खनिएका छन् । उनको अभिव्यक्तिलाई लिएर फेसबुकदेखि टिकटकसम्म उनलाई गालीको वर्षा भइरहेको छ ।

अन्तरवार्तामा सुरक्षालाई पूर्वनवयुवराज हृदयन्द्र शाहको तस्बिर देखाएर उनको विषयमा टिप्पणी गर्न भनिन्छ । जवाफमा उनले भन्छिन्, ‘ग्रान्ड चाइल्ड अफ किङ… पारसको छोरो होइन ? के रे नाम रु’ कार्यक्रम सञ्चालकले उनको नाम भनेपछि उनी उहाँको ठुलो फ्यान छ नि दाइ… योङ्स्टर नानी केटीहरूको भन्दै हाँस्छिन् । भन्छिन्, ‘धेरैले उहाँलाई मन पराउनुहुन्छ, हाहाहा…’

कार्यक्रममा उनलाई फेरि भविस्यामा कुन रूपमा हेर्न चाहनुहुन्छ ?’ भनेर प्रश्न राख्छन् । ‘आउनुस फिल्म इन्डष्ट्रीमा । राम्रो हुनुहुन्छ । लुक्सहरु राम्रो छ । आइ होप अभिनय पनि सक्नुहुन्छ होला’ उनले भन्छिन् । कार्यक्रममा उनले फिल्म क्षेत्रमा स्वागत समेत भनेकी छन् ।

अन्तरवार्ताको यो क्लिप अहिले टिकटकमा भाइरल भइरहेको छ । जसमा उनलाई भद्दा गाली गलौच भइरहेको छ । प्रदर्शनमा आउन लागेको फिल्म ‘खेल’कै प्रचार प्रसारको सिलसिलामा उनी अन्तरवार्तामा पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस