शान्ति हुन्छ भने कुर्सी छाड्न तयार छु : जेलेन्स्की

एजेन्सी

सोमबार, १२ फागुन २०८१, ०६ : २१
शान्ति हुन्छ भने कुर्सी छाड्न तयार छु : जेलेन्स्की

एजेन्सी । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले युक्रेनको नेटो सदस्यता अथवा शान्तिका लागि आफू राष्ट्रपति पद छाड्न तयार रहेको बताएका छन्।

पत्रकार सम्मेलनमा उनलाई शान्तिका लागि पद छाड्न तयार हुनुहुन्छ भनेर प्रश्न सोधिएको थियो।

‘तयार छु। युक्रेनको शान्तिका लागि हो भने खुसीखुसी छाड्छु। यदि मैले यो कुर्सी छाड्नुपर्ने हो भने म तयार छु र म नेटोको सदस्यताका लागि पनि यो कुर्सी साट्न तयार छु,’ जेलेन्स्कीले भने।

त्यस्तै, जेलेन्स्कीले डोनाल्ड ट्रम्पले राखेको दुर्लभ खनिज साझेदारी गर्ने प्रस्ताव मान्न पनि आफू तयार रहेको बताएका छन्। यसअघि उनले आफूले राज्य नबेच्ने भन्दै सो प्रस्ताव खारेज गरेका थिए।

युक्रेनलाई अहिले सुरक्षा ग्यारेन्टी चाहिएको भन्दै थपे, ‘हामी अमेरिकासँग खनिजका विषयमा कुरा गर्न तयार छौँ। तर, अमेरिकाले पुटिनलाई युद्ध अन्त्य गर्न मनाउनुपर्छ।’

ट्रम्पले आफूलाई तानाशाह भनेको पनि दुःखमनाउ नभएको उनको भनाइ छ।

‘म ट्रम्पको शब्दलाई प्रशंसा भन्दिनँ। तर म रिसाइनँ। तानाशाह भए रिसाउँथ्यो,’ उनले मुस्कुराउँदै भने। 

प्रतिक्रिया दिनुहोस